संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । उनीहरू बाबु-छोरा रहेका प्रहरीले जनाएको छ ।

आज दिउँसो पानी तान्ने मोटरबाट करेन्ट लाग्दा ३८ वर्षीय राजा मेहताको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए ।

Advertisement

उनलाई उपचारको लागि कोशी अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनका १५ वर्षीया छोरा करण मेहता गम्भीर घाइते भएका छन् ।

उनको विराटनगर स्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!