संगालोखबर

ताप्लेजुङ । मरिक फुटबल क्लब सुनसरी तेल्लोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो सिरिजङघा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटर फाइनल चरणको तेस्रो खेलमा विदेशी टिम पारिजात सङ्घ फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

खेलको म्यान अफ द म्याच सुनसरीका निश्चल लामा घोषित भए । लामाले नगद दुई हजार एक सय प्राप्त गरे । यस्तै आजको विजेता सुनसरीले मंसिर २७ गते हुने सेमिफाइनल चरणको पहिलो खेलमा आयोजक तेल्लोक स्पोटिङ क्लबसँग भेट पक्का गरेको छ ।

तेल्लोकले साँगुरीगढी फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।  भोलि क्वाटर फाइनल चरणको अन्तिम खेलमा वाइवाई पाँचथर फुटबल क्लब र सिरिजङ्गा स्पोटिङ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता टोलीले नगद दुई लाख ५० हजार पाँच सय ५५ र उप-विजेताले एक लाख २५ हजार ५५ रुपैयाँ नगदसहित ट्रफी ,मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् । आइतबारबाट सुरु भएको खेल आगामी मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!