संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङमा तीन लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

सञ्चालन समितिका सचिव सुजन सामेखामका अनुसार अन्तरजिल्ला क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितासँगै ब्याडमिन्टन, र्‍याफ्‌टिङ, कृषि प्रदर्शनी र वृहत सांस्कृतिक कार्यक्रम हुने छ ।

Advertisement

सिक्किम भलिबल क्लबसहित ताप्लेजुङको तोक्पेगोला भलिबल क्लब तथा एम एम सी  ताप्लेजुङ र संखुवासभाको सभापोखरी भलिबल क्लब, भोजपुरको भोजपुर भलिबल क्लब, झापाको बिर्तामोड भलिबल क्लब र पाँचथरको पाँचथर भलिबल क्लब प्रतियोगितामा सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाख, दोस्रो हुनेले एक लाख ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना टोलीले नगद ५० हजार पाउने जनाइएको छ ।

प्रतियोगिता लिक नकआउटको आधारमा खेलाइने आयोजक क्लबका अध्यक्ष हेम श्रेङ चोङ्बाङले जानकारी दिए । ब्याडमिन्टन प्रतियोगितामा विधागत सहित एकमुष्ट नगद एक लाख पुरस्कार राखिएको छ ।

यसैगरी ताप्लेजुङ बजारदेखि दोभान बजारसम्म साइकल र्‍यालीसमेत राखिएको आयोजकले जनाएको छ । मेला षुष १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छ । मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिको संगम स्थलमा ५१ औं पटक आयोजना हुन लागेको मेला पूर्वकै दोस्रो ठूलो मेलाको रूपमा परिचित छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!