संगालोखबर


सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-९ डुम्राहामा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो साँझ प्रदेश नम्बर १-०२-००४ ह १४८१ नम्बरको सफारी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार खेतबाट धान ओसार्ने क्रममा सिटी अचानक दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका सफारी चालक सोही स्थानका ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

दुर्घटना पश्चात उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!