संगालोखबर
फाइल तस्बिर

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा सात वर्षको अवधिमा १३ लाख भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले ठूलोफेदी सङ्कलन शाखामा भएको तथ्याङ्क सार्वजनिक गर्दै उक्त अवधिमा १३ लाख बढी भक्तजनले दर्शन गरेको जनाएको हो ।

आर्थिक बर्ष २०७४/७५ देखि हाल सम्म १३ लाख तीन हजार चार सय ९२ जनाले पाथिभराको दर्शन गरेका हुन् । समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४/७५ मा एक लाख ६१ हजार चार सय ८७ जनाले पाथिभराको दर्शन गरेका थिए ।

Advertisement

यस्तै आर्थिक वर्ष २०७५/७६ मा एक लाख एक हजार छ सय पाँच, २०७६/७७ मा एक लाख दुई हजार आठ सय ७६ र २०७७/७८ मा दुई लाख १७ हजार नौ सय ६१ जनाले पाथिभरा दर्शन गरेका थिए ।

आर्थिक वर्ष २०७८/७९ मा दुई लाख चार हजार दुई सय ८४, २०७९/८० मा दुई लाख ८३ हजार नौ सय ४५ जनाले दर्शन गरेका थिए भने २०८०/८१ मा दुई लाख ३१ हजार तीन सय ३४ जना भक्तजनले पाथिभराको दर्शन गरेका छन् ।

दैनिक दर्शनार्थीको तथ्याङ्क राख्ने गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । पाथिभरा आउने दर्शनार्थीको सङ्ख्या वर्षेनी बढिरहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!