विराटनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
विराटनगर । विराटनगर-७ हाटखोलामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ३४८० नम्बरको ट्रकले कानेपोखरी गाउँपालिका-२ का ३२ वर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार उपचारका लागि कोशी अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पैदल यात्रा गरिरहेका ...





























