नेकपा (एमाले) धनकुटाको अध्यक्षमा शिव आङ्ला लिम्बु निर्वाचित
धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला अध्यक्षमा शिव आङ्ला लिम्बु निर्वाचित भएका छन् । जिल्ला कमिटी पदाधिकारीमा उनीसहितको प्यानलै निर्वाचित भएको छ । सदस्यमा पनि अधिकांश उनको प्यानलकै निर्वाचित भएका छन् ।
सोमबार बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार लिम्बु ३१४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रहेका निरेन तामाङले २०७ मत प्राप्त गरे ।
यसैगरी, उपाध्यक्ष पदमा चिन्...




























