मोरङको बुढीगंगामा यस्तो बन्नेछ प्रदेश बसपार्क
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ बौरहामा प्रदेश स्तरीय बसपार्क निर्माण हुने भएको छ । १७ बिगाहा ऐलानी जग्गामा निर्माण हुने बसपार्कको डिपिआर सार्वजनिक भएको छ ।
‘बुढीखोला किनारमा निर्माण हुने बसपार्कको डिपिआर तयार भएको छ’, बुढीगंगा-२ का वडाध्यक्ष रेवती नारायण चौधरीले संगालोखबरसँग भने, ‘अबको दुई महिना पछि काम सुरु हुने भन्ने कुरा छ ।’
एसियाली विकास बैंकको सहयोगमा बन्न लागेको बसपार्कको प...






























