संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको हिलेमा मंगलबार सम्पन्न तामाङ पत्रकार संघ धनकुटाको तेश्रो जिल्ला अधिवेशनबाट चन्द्रमाया घिसिङ्ग तामाङ अध्यक्षमा सर्वसम्वत चयन भएकी छन् । अधिवेशनले चन्द्रमायाँको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा रमला मोक्तान तामाङ, सचिवमा विवेक तितुङ तामाङ, सह–सचिवमा सोनाम घिसिङ तामाङ र कोषाध्यक्षमा जनु वम्जन तामाङ चयन भएका छन् । त्यस्तैगरी सदस्यहरुमा विशाल तितुङ तामाङ, सोनाम योन्जन तामाङ, निगम तितुङ तामाङ, अमर तितुङ तामाङ, रेणुका स्याङ्गदान तामाङ, पशुपति घिसिङ तामाङ, लक्ष्मी मोक्तान तामाङ र सवीना मोक्तान तामाङ चयन भएका छन् ।

कार्यक्रममा धनकुटा नगरपालिका–१ का वडाध्यक्ष निरेन तितुङ तामाङले आवाज विहिनहरुको आवाजलाई अझ बढी प्रभावकारी रुपमा जनमानसमा पुर्याउँन पत्रकारहरुलाई सुझाव दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!