- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–३ डाँडागाउँस्थित छम्बु भीरमा अनौठो आकृति फेला परेपछि स्थानीयबासी आश्चर्यचकित भएका छन् । भीरमा रहेको गुफासहित आसपासको क्षेत्रमा अनौठो किसिमका दर्जनौं आकृति फेला परेका हुन् ।

Advertisement

ढुंगामा मान्छेले कुदेर निर्माण गरे जस्तो कलात्मक आकृति भेटिएका छन् । कमलको फूल, नाग र गाईको थुन जस्तो आकृति फेला परेको स्थानीय धनराज पोख्रेलले जानकारी दिए । ‘गाउँको भीरमा अचम्मका आकृति भेटिएका छन् ।’ संगालोखबरसँग पोख्रेलले भने–‘के होला भनेर हामी अचम्ममा परेका छौ ।’

भीरमै पानीको मुहानसमेत छ । सो गुफामा धेरै जोडी वन परेवासमेत बस्ने गरेका छन् । पहिले त्यहा वन झाँक्रीले राज गरेको र अहिले झाँक्री लोप भएको स्थानीय बुढापाका बताउँछन् । धेरै बर्ष पहिले उक्त भीरमा अमेरिकन टोली घुम्न आउँदा सर्वेक्षणसमेत गरेको बताईएको छ ।

भौगोलिक जटिलताका कारण सो भीरमा कमै मात्र मान्छेहरु पुग्ने गर्छन् । सोही कारण अचम्मको भएर पनि सो गुफा ओझेलमा छ । तर, आवश्यक पूर्वाधार बिकास गर्न सके सो स्थान पर्यटकीय क्षेत्र बन्न सक्ने स्थानीयको बुझाई छ ।

ऐतिहासिक महत्व बोकेको सो भीर र गुफालाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न स्थानीयबासीले माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!