संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको जहदा–१ की १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान करिव सात बजे जहदा मुसहरी टोलमा रहेको पानी जमेको खाडलमा डुबेर रबिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै, संखुवासभामा खोलामा डुबेर एक बृद्धको मृत्यु भएको छ । खोलामा डुबेर चैनपुर–४ का ७६ बर्षीय बुद्धी बहादुर लिम्बुको मृत्यु भएको हो ।

Advertisement

सोमबार साँझ करिव ५ बजे चैनपुर बतासेबाट घर आउँदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!