मुख्यमन्त्री राई र मन्त्रीहरुबीच काम गर्ने बिषयमा भयो सम्झौता
विराटनगर । प्रदेश १ का मन्त्रीहरुले शुक्रबार मुख्यमन्त्री शेरधन राईसँग कार्य सम्पादन सम्झौता गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले काम गर्ने सम्झौता गरेका हुन् ।
बाँकी मन्त्रीहरुले सोमबार सम्झौता गर्ने कार्यक्रम छ । मुख्यमन्त्री राईले कार्य सम्पादन सम्झौताबाट व्यवस्थित ढंग...

























