सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिका–५ का वडाध्यक्ष निमराज तामाङको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । बिहान साढे ८ बजे आफ्नै घरको छतमा करेन्ट लाग्दा ३९ बर्षीय वडाध्यक्ष तामाङको मृत्यु भएको हो ।
तामाङले बोकेको रडले बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर बेहोस भएका तामाङलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको थियो ।
उपचारकै क्रममा बिहान ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।