बेलबारी । बेलबारीमा आज एकैदिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी-८ का ५ महिला र ३ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बेलबारी-८ का एक पुरुषमा संक्रमण देखिएपछि कन्ट्राक्ट ट्रेसिङका आधारमा १५ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए । उनका अनुसार शनिबार १५ जनाको स्वाब संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ल्यावमा पठाइएको थियो ।
योसँगै बेलबारीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४६ पुगेको छ । जसमध्ये २७ जना निको भईसकेका छन् भने दुई जनाको मृत्यु भएको छ ।