संगालोखबर सम्बाददाता

विराटनगर । नेपाल टेलिकमको तार चोरी गर्ने चार जनालाई विराटनगर–४ जामुनगाछीबाट प्रहरीले पक्राउ गरेको छ । । पक्राउ पर्नेमा विराटनगर–६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रविन सहनी र १९ बर्षीय सुमित सहनी छन् ।

Advertisement

असोज १ गते विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरी आएपछि प्रहरीले चोरीमा संलग्नको खोजी थालेको थियो । सोही क्रममा गएराती जामुनगाछीबाट चारै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट टेलिकमको १५० पेयरको २२० मिटर केवल तारसमेत बरामद भएको छ ।

त्यस्तै उनीहरुले प्रयोग गर्ने को.९ प ४१५८ नम्बरको मोटरसाईकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनाविरुद्ध चोरी ऐन अन्तर्गत कानुनी कारबाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!