संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज १ सय ६० कोरोना संक्रमित थपिएका छन् । सुनसरीका ७६, मोरङका ५६, झापाका २४, संखुवासभाका ३ र तेह्रथुमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहवीमा ८ महिला १२ पुरुष, इटहरीमा ८ महिला १२ पुरुष, रामधुनीमा २ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

मोरङको बुढीगंगामा ८ महिला १५ पुरुष, विराटनगरमा ११ महिला १० पुरुष, बेलबारीमा ५ महिला ३ पुरुष, रंगेलीमा २, जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका १/१ महिलामा संक्रमण देखिएको हो ।

त्यस्तै संखुवासभाको खाँदबारीमा २, सभापोखरीमा १ पुरुष र तेह्रथुमको छथरमा १ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ५९ पुगेको छ ।

प्रदेश १ मा आज ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग बाणिज्य संघको आईसोलेसन ताप्लेजुङबाट ३, विराट मेडिकल र न्युरो अस्पतालबाट १/१ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै होम आईसोलेसनमा रहेका ५ जना पनि निको भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ९१ पुगेको छ । प्रदेश १ मा हालसम्म १ लाख १७ हजार ८ सय ८८ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!