
उदयपुर । उदयपुरमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । खोलाले बगाउँदा रौतामाई-२ की ५५ बर्षीया मैया लुङ्गेली मगरको मृत्यु भएको हो ।
गएराती करिव ८ बजे माईतबाट घर फर्कदै गर्दा रसुवा खोला तर्ने क्रममा उनलाई बगाएको थियो । खोलाले बगाएर झाडीमा अड्केको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।