- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी क्यान्सरपीडित ४ बर्षे बालिका साक्षी लिम्बूको उपचारका लागि ३ लाख ७६ हजार रकम संकलन भएको छ । हात्तिखर्कका गणेश तिगेला लिम्बूकी ब्लड क्यान्सर पीडित छोरी साक्षीको उपचारका लागि ३ लाख ७६ हजार ३ सय ५५ रुपैयाँ रकम संकलन भएको हो ।

Advertisement

छथर जोरपाटी गाउँपालिका खेलकुद बिकास समितीको अगुवाईमा सञ्चालन गरिएको ‘साक्षी लिम्बू बचाउ अभियान’ बाट संकलित उक्त रकम आईतबार बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । प्रदेश सांसद इन्द्रमणी पराजुली र खेलकुद विकास समिती अध्यक्ष चन्द्र लिम्बूले क्यान्सरपीडित बालिकाका हजुरबुबा जितमान लिम्बूलाई रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद पराजुलीले खेलकुद विकास समितिको अगुवाईमा अभियान सञ्चालन गरी मानवीय सेवाको दर्विलो उदाहरण प्रस्तुत गरिएको भन्दै अभियानको प्रशंसा गरे । उनले आफ्नो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले बालिकाको उपचारमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरे ।

सो अभियानमार्फत सिधुवा बजार, जोरपाटी बजार, चुलाचुली बजार तथा विभिन्न संघ–सस्था विद्यालय र देश विदेशमा रहेका व्यक्तिहरुबाट स्वतस्फूर्त रुपमा सहयोग प्राप्त भएको खेलकुद विकास समितिका सचिव दिवेश खड्काले जानकारी दिए । अभियान अन्र्तगत छथर जोरपाटी–५ परेवादिन घर भई हाल सिङ्गापुरमा रहेका जमुना तुम्बाहाम्फेको सक्रियतामा १ लाख २ हजार रकम संकलन भएको थियो । त्यस्तै छथर जोरपाटी–३ घर भई हाल हङकङ बस्दै आएका सोमा तुम्बाहाङ, लोकेन्द्र तुम्बाहाङ, पितम खजुम र नगन्द्र खजुमको अगुवाईमा ६० हजार ५ सय ९० र छथर जोरपाटी–४ खाम्नेरा घर भई हाल यूएईमा रहेका प्रेम आङ्लाको पहलमा २६ हजार १ सय रकम संकलन गरिएको थियो ।

त्यस्तै यूकेबाट थाम बहादुर मादेन र उत्तरजङ राईले १० हजार ७ सय ७० सहयोग पठाएका थिए भने धरानका ओम तुम्बाहाङ र ललित तुम्बाहङले ६ हजार सहयोग संकलन गरेर बालिकाको उपचारका लागि उपलब्ध गराएका थिए । क्यान्सरपीडित बालिकाको हाल कान्ति बाल अस्पतालमा उपचार भईरहेको छ । खेलकुद बिकास समिति सदस्यसमेत रहेका गणेश लिम्बुको निम्न आर्थिक अवस्थाका कारण छोरी साक्षीको उपचारमा समस्या भएपछि अभियान नै सञ्चालन गरी सहयोग जुटाईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!