
चितवन । चितवनको भरतपुर महानगरपालिका-१५ मा ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर चालक सोही महानगरपालिका-२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार सोही महानगरपालिका-२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरुङको मृत्यु भएको हो ।
आज बिहान ना ५ ख ५८१६ नम्बरको ट्रकमा बा.प्र ०६-००४ प ७२४८ नम्बरको स्कुटर ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


संगालोखबर 


















