
झापा । झापामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर भद्रपुर-६ रंगडाँडाका ४७ बर्षीय संजित राजबंशीको मृत्यु भएको हो ।
दिउँसो करिव १२ बजे बागडोरा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी वेहोस भएका थिए । वेहोस भएका उनलाइ उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।