संगालोखबर सम्बाददाता

धनकुटा । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी धनकुटाको महालक्ष्मी नगरपालिका–३ डाँडागाउँमा कोरोना सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो सुनिश्चित भविष्य नेपाल नामक गैरसरकारी सस्थाले पाँच दिने सचेतनामूलक कार्यक्रम गरेको हो ।

Advertisement

वडामा गाउँ–गाउँका मानिसहरुलाई प्रतिनिधिमूलक हिसावले जम्मा गरेर कोरोना सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक योगेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सहभागिहरुलाई दशैं तिहार जस्ता ठूला चाडपर्वमा आफन्त भेला हुँदा अपनाउँनुपर्ने स्वास्थ्य सावधानीका बिषयमा स्वास्थ्यकर्मीहरुमार्फत जानकारी गराईएको छ ।

स्वास्थ्य सम्बन्धि जानकार अनिल सुवेदी, जिवन कार्की लगायतले मास्क अनिवार्य लगाउँने, बेलाबेलामा हात धुने, सेनिटाईजर प्रयोग गर्ने लगायत बिषयमा स्थानीयबासीलाई जानकारी गराएका हुन् ।

यसैबीच कार्यक्रम समापनका अवसरमा बोल्दै महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी, वडाध्यक्ष भरत थापा लगायतले कोरोना संक्रमणबाट बच्न उच्च सावधानी अपनाउँदै चाडपर्व मनाउँन सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा ईटहरी जेसिजले १ हजार थान मास्क प्रदान गरेको थियो । उक्त मास्क कार्यक्रममा सहभागिहरुलाई वितरण गरिएको आयोजक सस्थाका अध्यक्ष सञ्जु सुवेदीले जानकारी दिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!