संगालोखबर सम्वाददाता

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित सडकमा बस्दै आएकी एक महिलालाई बुधबार साँझ सडकबाट उद्धार गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको टोलीले महिलालाई सडकबाट उद्धार गरेको हो ।

Advertisement

नाम धना विश्वकर्मा र उमेर २१ बर्ष बताउँने उनले आफ्नो स्थायी ठेगाना भने बताउँदिनन् । उनी करिब एक साता अघिदेखि सडकमा बस्दै आएकी थिईन् । स्थानीय युवाहरुको उनको बारेमा मन्त्रालयमा जानकारी गराएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वा लगायतको टोलीले उनलाई उद्धार गरेको हो ।

सडकमा बेवारिसे अवस्थामा बस्नेहरुलाई उद्धार गरी सडकआश्रित मानवमुक्त प्रदेश निर्माणमा प्रदेश सरकार लागिपरेको मन्त्री घिमिरेले बताए । सडकबाट उद्धार गरेर ती महिलालाई आईसोलेसनमा राखिएको छ ।

पीसीआर परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाव पठाईएको छ । पीसीआर रिपोर्ट आएपछि उनलाई मानव सेवा आश्रममा राखिने मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!