- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा मोटरसाईकल दुर्घटना हुँदा चालक घाईते भएका छन् । घाईते हुँनेमा संखुवासभाको सभापोखरी–४ का २५ बर्षीय रोशन वनेम लिम्बु छन् ।

धनकुटाको लेगुवाबाट संखुवासभाको खाँदबारीतर्फ जाँदै गरेको प्र.३.०२००९ प.०६१९ नं. को मोटरसाईकल गएराती करिब १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका लिम्बुलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । हिलाम्मे सडकबाट चिप्लिएर मोटरसाईकल करिब २० मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!