संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–६ पात्ले खोला नजिक शुक्रबार दिउँसो बस दुर्घटना भएको छ । तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको ना.६ ख १९७८ नम्बरको बस दिउँसो करिब २ बजे पात्ले खोला नजिक पल्टिएको हो ।

Advertisement

बस सडकमा पल्टिँदा एक जना घाईते भएका छन् । घाईते भएका धरान–७ का ४५ बर्षीय सन्देश मोहन चालिसेलाई उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई जानकारी दिए ।

बसमा ८ जना यात्रु सवार थिए । एक घाईते बाहेक बाँकी सकुशल छन् । ओरालो बाटोमा ब्रेक फेल भई अनियन्त्रित भएर बस पल्टिएको अनुमान गरिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताए ।

दुर्घटना पश्चात बस चालक फरार छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!