मोरङ । मोरङको उर्लाबारीमा होटल साहुको कुटाईबाट ग्राहकको मृत्यु भएको छ । मृत्यु हुँनेमा संखुवासभा घर भई हाल उर्लाबारी–७ बस्दै आएका ३५ बर्षीय शुसिल मल्लिक छन् ।

Advertisement

उर्लाबारी–७ मा होटल सञ्चालन गर्दै आएका २६ बर्षीय गोपाल तामाङले कुटपिट गर्दा घाईते भएका मल्किकको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार गत आईतबार होटलमा खाजा खान गएका बेला होटल साहु तामाङ र ग्राहक मल्लिकबीच विवाद भएको थियो ।

विवादकै क्रममा तामाङले मल्लिकलाई कुटपिट गरेका हुन् । कुटपिट गरी होटल बाहिर निकाल्न खोज्दा मल्लिक बेहोस भएर भुईमा ढलेका थिए । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भारतको सिलिगुडी लगिएको थियो ।

उपचारकै क्रममा आज विहान साढे ४ बजे मल्लिकको मृत्यु भएको प्रहरीले जनाएको छ । यता कुटपिट गर्ने होटल सञ्चालक तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!