संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज १ सय ७५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७ तथा ताप्लेजुङ र भोजपुरमा १/१ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन् । मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ ।

यता, सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा १ महिला २ पुरुष, दुहवीमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुष संक्रमित भएका छन् । झापाको विर्तामोडका २ महिला २ पुरुष, अर्जुनधारामा २ पूरुष, गौरादहका १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, ताप्लेजुङ र भोजपुरको अरुणका १÷१ पुरुषमा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ । जसमध्ये ३ हजार २ सय ७२ जना निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा आज १७४ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १३९ जना कोरोनामुक्त भएका छन् । कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७ र मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका हुन् ।

२४ घण्टामा तीन संक्रमितको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीका २ पुरुष र मोरङकी १ महिलाको मृत्यु भएको हो । योसँगै मृत्यु हुँने कोरोना संक्रमितको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!