- संगालोखबर सम्वाददाता

धनकुटा । मार्क्सवाद अध्ययनमा रुची राख्ने अनेरास्ववियू धनकुटा सम्बद्ध विद्यार्थीहरु संगठित भएका छन् । मार्क्सवाद अध्ययनमा रुची राखी मार्क्सवादको अध्ययन र प्रयोगबाट मात्रै समाजवाद प्राप्त हुन्छ भन्ने विद्यार्थीहरुले ‘ईन्स्टिच्यूट अफ क्रीटिकल डाईलग’ (आईसीडी) जिल्ला कमिटी गठन गरेका हुन् ।

आईसीडी प्रदेश कमिटी सह–सचिव प्रकाश गिरीको अगुवाईमा भएको विद्यार्थीहरुको भेलाले केशव कुँवरको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो । समितिको उपाध्यक्षमा सावित्रा घिमिरे, सचिवमा सन्तोष बुढाथोकी, सह–सचिवमा सन्दिप चेम्जोङ्ग, सुवन श्रेष्ठ र कोषाध्यक्षमा सुमन पौडेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा नवराज पौडेल, मोहन थापा, रेजिन कार्की, हजेन्द्र पौडेल, विशाल कार्की, नेशन श्रेष्ठ, दिपक कार्की, मनोज तामाङ्ग, कुमार सावकोटा, सिर्जना लामिछाने, मञ्जु तामाङ्ग, सुरेश काफ्ले र टिकाराम थापा छन् । त्यस्तैगरी समितिको सल्लाहकारमा नगेन्द्र बस्नेत र ध्रुवराज पौडेल चयन भएका छन् ।

आईसीडीको समन्वयमा अहिले मार्क्सवादको बिषयमा जानकारी गराउँन पार्टीका शिर्ष नेताहरुबाट बिद्यार्थीहरुलाई अनलाईनमार्फत प्रशिक्षण दिने काम भईरहेको प्रदेश कमिटी सह–सचिव गिरीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!