
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा निर्माणाधिन बिद्युत लाईनको टावरबाट झर्दा बिहिबार एक कामदार घाईते भएका छन् ।
निर्माणाधिन कोशी करिडोरको टावरमा काम गर्ने क्रममा दिउँसो करिब ३ बजे टावरबाट लड्दा भारतको कलकता घर भएका ३३ बर्षीय मोहमद हेसामुदिन घाईते भएका हुन् ।
पाथीभारा मन्दिर जाने बाटोमा क्यापिटल कम्पनीले निर्माण गर्दै गरेको टावरमा काम गर्ने क्रममा करिब १८ मिटर माथिबाट झर्दा हेसामुदिन घाईते भएका हुन् ।
उनलाई उपचारका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले जानकारी दिए ।