- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा शनिवार एकैदिन ११९ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । होम आईसोलेशनसहित बिभिन्न आईसोलेशन सेन्टरमा रहेका संक्रमितहरु निको भएका हुन् ।

Advertisement

होम आईसोलेसनमा रहेका ८९ जना निको भएका छन् । विराट मेडिकल कलेजबाट १९, कोभिड– १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन विराटनगर र कोभिड–१९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट १/१ जना डिस्चार्ज भएका हुन् । योसँगै प्रदेश १ मा निको हुँने कोरोना संक्रमितको संख्या २ हजार ७ सय ८८ पुगेको छ ।

यसैबीच प्रदेश १ मा आज १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७ र भोजपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १÷१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

यता, सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १/१ महिला र दुहवीमा १ पुरुष संक्रमित भएका छन् । झापाको विर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १/१ पुरुषमा संक्रमण देखिएको छ । त्यस्तैगरी भोजपुरमा पनि १ महिलामा संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५५ पुगेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!