- संगालोखबर सम्वाददाता

बेलबारी । बेलबारी नगरपालिकामा असोज २३ गतेदेखि कक्षा ११ को परिक्षा संचालन हुँने भएको छ । बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा सोमवार बसेको बैठकले असोज २३ देखि २८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ सञ्चालन गरिरहेका सामुदायिक तथा संस्थागत बिद्यालयका प्रद्यानाध्यापक तथा शिक्षकहरु पनि सहभागि थिए । नगर क्षेत्र भित्र परीक्षामा ७ वटा सामुदायिक बिद्यालय र २ वटा सस्थागत बिद्यालयलका बिद्यार्थीले सहभागिता जनाउने शिक्षा शाखा अधिकृत भुपेन्द्र कोइरालाले बताए ।

बैठकले परीक्षा सञ्चालन गर्न गोबिन्द भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समितिसमेत गठन गरेको हो । समितिको सदस्य सचिवमा नारायण कोइराला र सदस्यहरुमा खगेन्द्र लुइटेल, टेक नारायण शाह र भुपाल बस्नेत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!