
सुनसरी । सुनसरीको हरिनगरामा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा हरिनगरा–४ का ३५ बर्षीय दिनेश मण्डल छन् ।
मण्डलले चलाएको को.१६ प.४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाएर दुर्घटना भएको हो ।
मोटरसाईकल पोलमा ठोक्किएर नहरमा झर्दा सोही मोटरसाईकलले किचेर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।