मोरङ । मोरङको उर्लावारीमा आज ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोटरसाईकल चालक उर्लाबारी–९ का २९ बर्षीय देउ कुमार लिम्बुको मृत्यु भएको हो ।
बिहान करिव साढे ६ बजे उर्लावारी जोरबाटोस्थित भित्री सडकखण्डमा ना.४ ख ३४४३ नम्बरको मालवाहक ट्रकले प्र.१–०२०–०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए ।
घाईते भएका उनको विएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बिहान करिव साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक मोरङको रतुवामाई –१० का २६ बर्षीय रेवत प्रसाद सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।