- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च हो ।

Advertisement

मोरङका १ सय ६७, सुनसरीका ७, झापाका ३, भोजपुरका २ र तेह्रथुमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरका १ सय ३० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष छन् ।

मोरङको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २/२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १/१ पुरुषको पीपीआर रिपोर्ट पोजिटिभ आएकोे छ ।

त्यस्तै सुनसरीको दुहवीका १ महिला ४ पुरुष, धरान र इटहरीका १/१ पुरुष, झापाको विर्तामोडका १ महिला, अर्जुनधारा र दमकका १/१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष र तेह्रथुमको लालीगुराँसका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ ।

प्रदेश १ मा आज ३६ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९ जना, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र रतुवामाईबाट १२, न्यूरो अस्पताल विराटनगरबाट ३ र मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय २५ पुगेको छ ।

प्रदेश १ मा हालसम्म १ लाख २० हजार ९ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!