- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा आज थप ७६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङका ३०, सुनसरीका ३६, ओखलढुङ्गाका ४, खोटाङ र झापाका २/२ र धनकुटा र इलामका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरका ६ महिला १० पुरुष, बुढीगंगाका ६ पुरुष, बेलबारीका १ महिला १ पुरुष, सुन्दरहरैचाका १ महिला १ पुरुष, उर्लाबारीका १ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै सुनसरीको धरानका ७ महिला ७ पुरुष, इटहरीका २ महिला ९ पुरुष, दुहवीका ३ महिला ५ पुरुष, हरिनगरका १ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

ओखलढुङ्गाको सिद्धिचरणका १ महिला २ पुरुष, सुनकोशीका १ पुरुष, खोटाङको ऐसेलुखर्कका १ पुरुष र स्थानीय तह नखुलेका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । झापाको मेचीनगर र विर्तामोडका १/१ पुरुष, धनकुटा र इलामका १/१ महिलामा पनि संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय १९ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । त्यस्तै होम आईसोलेसनमा रहेका १ जना पनि निको भएका छन् । प्रदेश १ मा हालसम्म २ हजार ८ सय ६८ जना संक्रमित निको भईसकेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १ लाख २१ हजार ९ सय १२ जनाको पीसीआर परीक्षण भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!