संगालोखबर सम्बाददाता

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित सुनसरीका २ पुरुष र मोरङका १ पुरुषको मृत्यु भएको हो । प्रदेश १ कै अस्पतालमा उपचारका क्रममा प्रदेश १ बाहिरका एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।

Advertisement

योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ७१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ५७ र १४ जना अन्य प्रदेशका छन् । यसैबीच प्रदेश १ मा आज १ सय ५३ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०२, सुनसरीमा ४०, झापामा ९, उदयपुर र ओखलढुङ्गामा १÷१ कोरोना संक्रमित थपिएका हुन् ।

मोरङको विराटनगरमा ७६ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २८ महिला र ४८ पुरुष छन् । मोरङको बुढीगंगामा ४ महिला १० पुरुष, कटहरीमा ४ महिला ७ पुरुष र कानेपोखरीमा १ पुरुषमा संक्रमण देखिएको छ । यता, सुनसरीको धरानमा ५ महिला १३ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, इनरुवामा १ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला, दुहवी र हरिनगरमा १/१ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तैगरी, झापाको विर्तामोडमा २ महिला १ पुरुष, मेचीनगरमा २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र स्थानीय तह नखुलेका १÷१ पुरुष संक्रमित भएका छन् । उदयपुरको त्रियुगामा १ पुरुष र ओखलढुङ्गामा १ महिला संक्रमित भएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९८ पुगेको छ । जसमध्ये ३ हजार ९८ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । होम आईसोलेसनमा रहेका २९ जना निको भएका छन् । विराट मेडिकल कलेजबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६, मेची अस्पताल र होटल एशियाटिक आईसोलेसनबाट ५/५, न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!