सुनसरी । धरानको पुरानो बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ बर्षीय गणेश राउत र ४३ बर्षीय निरज भट्टराई छन् ।
विशेष सुराकका आधारमा गएराती करिब पौने ९ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कोठाबाट नियन्त्रणमा लिएको हो ।
कोठामा खानतलासी गर्दा लुकाएर राखिएको अवस्थामा २० बोतल डाइलेक्सडिसी, ३०६ क्याप्सुल स्पामो टोक्सिभन, ४ क्याप्सुल नाईट्रोजन र नगद ९७ हजार रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु सोही स्थानमा कोठा भाडामा लिएर बस्दै आएका छन् । दुबै जनालाई पक्राउ गरेर प्रहरीले उनीहरुको कारोबारका बिषयमा अनुसन्धान थालेको छ ।