- संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा १/१ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुँने कोरोना संक्रमितको संख्या ६७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

यता, प्रदेश १ मा आज १ सय १८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २ तथा भोजपुर, उदयपुर र इलाममा १÷१ कोरोना संक्रमित थपिएका हुन् । मोरङको विराटनगरका ६१ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २९ महिला र ३२ पुरुष छन् । मोरङको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहवीमा १ महिला ३ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषमा संक्रमण देखिएको छ । झापाको दमक र भद्रपुरमा ३÷३ पुरुष, अर्जुनधारामा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला संक्रमित भएका छन् । त्यस्तै, तेह्रथुमका २ जनामा संक्रमण देखिएको छ । यता, भोजपुर, उदयपुर र इलामको माई नगरपालिकाका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा हालसम्म १ लाख २२ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण हुँदा संक्रमण पुष्टि हुँनेको संख्या ६ हजार ६ सय ४१ पुगेको छ । जसमध्ये ३ हजार ४१ जना निको भएका छन् ।

यसैबीच, प्रदेश १ मा आज १ सय ६६ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका १ सय ६० जना निको भएका छन् । रुम्जाटार आईसोलेसन केन्द्र ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज बुढीगंगाबाट २ र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट १ जना डिस्चार्ज भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!