संंगालोखबर सम्वाददाता

विराटनगर । उच्च अदालत विराटनगरले खेलकुद विकास बोर्ड, कोशीको सदस्य सचिवमा कृष्ण बस्नेत (पर्शुराम) लाई पुनर्बहाली गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ममता खनाल र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले सोमबार बस्नेतलाई पुनर्बहाली गर्न आदेश दिएको हो ।

Advertisement

उच्च अदालतको यो आदेशसँगै हालका सदस्यसचिव हंशराज वाग्ले पदमुक्त भएका छन् । २०७८ चैत २१ गते बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले बस्नेतलाई पदमुक्त गरेको थियो ।

मन्त्रिपिषिद् बैठकले ओखलढुंगाका वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । तत्कालीन सामाजिक विकासमन्त्री राजन राईले बस्नेतलाई पदमुक्त गर्दै वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेका थिए ।

उक्त निर्णयविरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको मागसहित मुद्दा दायर गरेका थिए । बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!