झापा । बुुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको क्वाटरफाइनल खेलमा रेडहर्ष एफसी इलामलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । बेलबारी एफसीले सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ ।

मंगलबार भएको क्वाटरफाइनल खेलसँगै सेमिफाइनल संस्करण पुरा भएको छ । खेलको १४ औं मिनेटमा बिवेक पौडेलको क्रस पासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाए ।

Advertisement

पेनाल्टी एरियाबाट उनले गरेको प्रहारलाई बिपक्षी गोलरक्षकले बचाउ गर्न सकेनन् । खेलमा दोस्रो गोल पनि अवस्थीको नाममा रहयो । ४३ औं मिनेटमा सागर तिवारीले पेनाल्टी एरियामा दिएको हेडरलाई सदुपयोग गर्दै अवस्थीले सुुन्दर गोल गरेका थिए ।

दुुई विदेशी खेलाडी मैदानमा उतारेको रेडहर्षले गोल गर्ने थुप्रै अवसर सृजना गरेको भएपनि असफल भयो । उसका लागि खेलको ४७ औ मिनेटमा छिरिङ गुरुङले दिएको पासलाई बिदेशी खेलाडी ओस्कारले हेड मार्फत गोल गर्ने प्रयास गरेपनि बेलवारीका गोलरक्षक पुर्ण चेम्जोङले उत्कृष्ठ बचाउ गरेका थिए ।

५३ औं मिनेटमा इलामका कप्तान पुस्कर दाहालले दिएको पासलाई अनमार्क रहेका अर्जुन गुरुङले गरेको प्रहार बेलबारीका गोलरक्षक चेम्जोङले बिफल बनाए । ६९ औं मिनेटमा इलामका शिशिर लेखीले दिएको पासलाई ओस्कारले गोल गर्न नसक्दा इलाम निरास हुँदै घर फर्किएको थियो ।

१२ औं मिनेटमा बेलबारीका बिवेक पौडेलले गरेको कढा फ्रि किक इलामका गोलरक्षक निशम दनुवारले बचाए । खेल अवधिभर बललाई नियन्त्रणमा लिन सफल बेलबारीले निर्धारित समयमा थप गोल गर्न भने सकेन ।

खेलको प्लेयर अफ द म्याच बेलबारीका दुुई गोल गर्ने खेलाडी प्रशान्त अवस्थी घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको पहिलो सेमिफाइनल खेलमा आयोजक आदर्श युवा क्लबले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्ने छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!