संगालोखबर संवाददाता
तस्बिरः क्यान

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ टाेलीसँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेलमा नेपाल ७६ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज ‘ए’ ले दिएकाे २ सय २८ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयाे । नेपालका लाेकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनाेद भण्डारीले १९, अनिल साहले १४ रन बनाए । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । वेस्ट इन्डिज ‘ए’ का हेडन वाल्शले ३, गुदाकेश माेटीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायाे । वेस्ट इन्डिज ‘ए’ का ओपनर ब्याटर जाेनसन चार्ल्सले शतक बनाए । चार्ल्स ५९ बलमा १ सय १९ रन बनाएर नट आउट रहे । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।

Advertisement

याेसँगै पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ ले २–१ ले अग्रता लिएकाे छ । यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले हराएको थियो । शृङ्खलाको चौथो खेल भोलि र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!