संगालोखबर संवाददाता

विराटनगर । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग वैशाख २२ गते शुरु हुने भएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आज पत्रकार सम्मेलन गरी जेठ ५ गतेसम्म चल्ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

Advertisement

विराटनगर, भैरहवा र काठमाडौंमा नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सञ्चालन हुने मुख्य संयोजक गोपाल अग्रवालले जानकारी दिए ।

१४ टिमको सहभागिता रहने प्रतियोगितामा विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा ९ टिमले १६ वटा खेल खेल्ने छन् । यस्तै भैरहवामा ५ टिमले १० वटा खेल खेल्ने छन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । २०८१ जेठ ४ गते सेमिफाइनल र जेठ ५ गते फाइनल खेल खेलाइने भएको छ ।

प्रतियोगिताको विजेता टिमले ७१ हजार र उपविजेता टिमले ४१ हजार नगद सहित ट्रफी प्राप्त गर्ने छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!