संगालोखबर संवाददाता

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

Advertisement

विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

आगामी जेठ १२ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न ८ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । सहभागी टिमको चाँडै टुङ्गो लगाउने जनाइएको छ ।

प्रतियोगिता अन्तर्गतका खेलहरु दिवा र रात्रिकालीन समयमा सञ्चालन हुनेछन् । खेलको प्रत्यक्ष प्रशारणको तयारी समेत गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छ । यस्तै, दोस्रो हुने टिमले २ लाख, तेस्रोले १ लाख र चौथो हुने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

वडा नम्बर–६ का वडाध्यक्ष हरिश्चन्द्र सहनीले टी–१० च्याम्पियनसीप प्रतियोगिता पहिलो पटक सञ्चालन हुन लागेकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । यस किसिमका प्रतियोगिताले विराटनगरको क्रिकेट क्षेत्र थप फराकिलो बन्दै जाने उनको विश्वास छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!