मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा अदातलद्वारा पुनर्बहाली गरिएका कृष्ण बस्नेत (पर्शुराम) ले पदभार ग्रहण गरेका छन् । उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज पदभार ग्रहण गरेका हुन् ।

Advertisement

तत्कालीन मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेश सरकार मन्त्रीपरिषदको २०७८ असोज २४ को निर्णयअनुसार असोज २५ मा बस्नेतलाई सदस्य सचिव पदमा नियुक्त गरिएको थियो । प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ को खण्ड ‘अ’ बमोजिम उनी सदस्य सचिव नियुक्त भएका थिए ।

चार वर्षे कार्यकालका लागि नियुक्त भएका बस्नेतलाई परिवर्तित सत्ता समीकरणपछि २०७८ चैत २२ मा पदबाट हटाइएको पत्र थमाइएको थियो ।

उक्त निर्णय विरुद्ध अदालत पुगेका बस्नेतको निवेदन माथि अदालतले परमादेश जारी गर्दै सदस्य सचिवको रूपमा काम काज गर्न दिनू, बाधा अवरोध नगर्नू भनी परमादेश गरेको हो ।

तत्कालीन प्रदेश सरकारले बस्नेतलाई हटाउँदै हंसराज वाग्लेलाई सदस्य सचिव नियुक्त गरेको थियो । अदालतको आदेशसँगै पदभार ग्रहण गरेका बस्नेतले अदालतले त्रुटि सच्याएर विधिको शासनको प्रत्याभूति गराएको बताए ।

उनले आफु पदमा रहँदासम्म खेलाडीको मनोबल उच्च बनाउने, नयाँ खेलाडी उत्पादन गर्ने तथा पुराना खेलाडीको सम्मान गर्ने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!