संगालोखबर संवाददाता

झापा । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि आज शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् ।

Advertisement

यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५–४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २–० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख, तथा उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका सचिव दुर्योधन सिंह देवले बताए ।

उनका अनुसार प्रतियोगिताको उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर, प्रतियोगिताको उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

बैशाख १५ गते सुरु प्रतियोगितामा भारतका दुुईसहित ८ टिमको सहभागिता थियो । फाइनल खेलको अवसरमा नेपाली राष्ट्रिय महिला टीमका कप्तान एन्जिला तुम्बापो सुब्बालाई विषेश सम्मान गरिने प्रतियोगिता आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!