रङ्गेली नगरपालिकाविरुद्ध काङ्ग्रेसको आन्दोलन उग्र बन्दै, कर्मचारीमाथि हातपात
विराटनगर । नेपाली काङ्ग्रेसले कर वृद्धिको विरोधमा रङ्गेली नगरपालिका विरुद्ध सुरु गरेको आन्दोलनले उग्र रूप लिएको छ । भदौ २ गतेबाट सुरु गरेको आन्दोलन थप उग्र बन्दै गएको हो ।
आज आन्दोलनकै क्रममा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचारीमाथि हातपात गरेका छन् । बिहान ९ बजेदेखि नगरपालिका अगाडि बसेका आन्दोलनकारीले कर्मचारीलाई कार्यालयमा प्रवेशमा रोक लगाउँदै हातपात गरेका हुन् ।
सोही क्रममा जिन्सी...































