
विराटनगर । पाँचथरको फिदिम र हिलिहाङको सिमानामा रहेको हेवा खोला डाइभर्सन बाढीले बगाएको छ । आज बिहान आएको बाढीले तमोर करिडोरमा पर्ने हेवा खोलामा डाइभर्सनका लागि लगाइएका ह्युमपाइप बगाएको हो ।
डाइभर्सन बगाएसँगै तमोर करिडोरको पाँचथर-ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर रूपेश तामाङले संगालोखबरलाई जानकार दिए ।
उक्त सडक अवरुद्ध भएसँगै तमोर करिडोर हुँदै पाँचथरको भालुचोक, सिंहापुर र थर्पुसँगै ताप्लेजुङका विभिन्न स्थानमा हिँडेका साधन मध्यपहाडी राजमार्ग हुँदै जोरसाल आएर मेची राजमार्गको बाटो हुँदै गन्तव्यतर्फ जान थालेका छन् ।
अहिले पानी पर्न रोकिएको र डाइभर्सन मर्मतको तयारी भइरहेको इन्स्पेक्टर तामाङको भनाइ छ । उक्त स्थानमा बनाइएको बेलिब्रिज २०८० असार २ गते बाढीले बगाएपछि बनाइएको डाइभर्सन पनि २०८१ असोजमा आएको बाढीले बगाएको थियो । त्यसपछि पुनः राखिएको डाइभर्सन आजको बाढीले बगाएको छ ।
भिडियो-

संगालोखबर 













