संगालोखबर


विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी प्रकाश मुन्दडाको निवासमा प्रहरीले छापा हानेको छ । मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ कोशीका उपाध्यक्ष समेत रहेका मुन्दडाको निवासमा आज बिहान प्रहरीले छापा हानेको हो ।

करिब साढे पाँच घण्टासम्म घरदेखि कार्यालयसम्म खानतलासी गर्दा प्रहरीले आफूले पाएको सूचनाको कुनै पनि सामान फेला पार्न सकेन । प्रहरीले बिहान करिब ४ बजेदेखि विराटनगर-७ स्थित मुन्दडाको निवास र कार्यालय क्षेत्रमा ठुलो सुरक्षा घेरा बनाएर खानतलासी सुरु गरेको थियो ।

बिहान करिब ९ः३० बजेसम्म खानतलासी गर्दा पनि केही फेला नपरेपछि प्रहरी टोली फर्किएको छ । मोरङ प्रहरी श्रोतका अनुसार मुन्दडाको घरमा ठूलो परिमाणमा अवैध नगद राखिएको सूचना प्राप्त भएपछि खानतलासी गरिएको हो ।

साढे पाँच घण्टा लामो खानतलासीमा केही कागजात, नगद र अन्य सामग्री फेला नपरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले मुन्दडाको घरबाट सूचना बमोजिमको कुनै गैर कानुनी सामानहरू फेला नपरेको जानकारी दिए । उनका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!