संगालोखबर
फाइल तस्बिर

विराटनगर । सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी वर्षा भइरहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले उक्त क्षेत्रमा थप वर्षा हुने सम्भावना देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको हो ।

पछिल्लो तीन घण्टामा सो क्षेत्रमा भारी वर्षा भइरहेको र थप हुन सक्ने देखिएकाले सर्दु, सुनसरी खोला, बुढीखोला, केसलिया र अन्य साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

खोला आसपासका क्षेत्रमा बाढी र होचो स्थानमा डुबानको सम्भावना रहेकाले दिउँसोसम्म सर्तकता अपनाउन आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!