संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापा र सुनसरीबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

इलाम सूर्योदय नगरपालिका-६ का २८ वर्षीय अनिल प्रधान २ ग्राम ब्राउन सुगर, भद्रपुर नगरापालिका-९ का ३१ वर्षीय सरेन किश्कु, मेचिनगर-१४ का २९ वर्षीय रबिन ढोली, कमल गाउँपालिका-२ का २४ वर्षीय साहिल दर्नाल, भद्रपुर-९ का २९ वर्षीय सामेल मगरलाई ४१० मिलिग्राम ब्राउन सुगरसहित प्रहरी चौकी घोडामाराले पक्राउ गरेको हो ।

Advertisement

यता सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-१ बाट को ६ प ३०६७ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरेको हो ।

इटहरी उपमहानगरपालिका-१७ का २४ वर्षीय समिम मियाँ र रामधुनी नगरपालिका-३ का २८ वर्षीय अमित चौधरी पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले ५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । इनरुवा नगरपालिका-५ का ३० वर्षीय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका-१० का २९ वर्षीय विकास अधिकारी पक्राउ परेका हुन् ।

उनीहरूलाई २१ ग्राम ८७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!