संगालोखबर

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५ सय ४० क्युसेक पुगेको छ । यो ६५ वर्ष यताको सबैभन्दा बढी हो । आज बिहान ३ बजे गरिएको मापन अनुसार पानीको बहाव निरन्तर बढिरहेको पाइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

Advertisement

जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । तरपनि कोशी ब्यारेजमा पुल माथिबाट पानी बगिरहेको छ । यसअघि सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव हालसम्मको सबैभन्दा बढी प्रतिसेकेन्ड ७ लाख ८८ हजार २ सय क्युसेक मापन गरिएको थियो । त्यसयता ५६ वर्षको अवधिमा अहिले जति धेरै पानीको बहाव पुगेको थिएन ।

पानीको सतह अझै बढिरहेकाले बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने उदयपुर, सुनसरी र सप्तरीका होचा भूभागमा नबस्न र सुरक्षित स्थानमा जान सप्तकोसी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको भनिसकेको छ । कोशी ब्यारेजमा पनि हिजो अपरान्ह ४ बजेबाट आवतजावत रोक लगाइएको छ ।

       यसरी बढ्दैछ पानीको बहाव

  • शनिबार बिहान ६ बजे: प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक
  • शनिबार साँझ ८ बजेः प्रतिसेकेन्ड ४ लाख १८ हजार २ सय ८५ क्युसेक
  • शनिबार राति १२ बजेः प्रतिसेकेन्ड ५ लाख ७ हजार ६ सय ९० क्युसेक
  • आइतबार बिहान २ बजेः प्रतिसेकेन्ड ६ लाख ३२ हजार २ सय ८५ क्युसेक
  • आइतबार बिहान ३ बजेः प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५ सय ४० क्युसेक

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!