संगालोखबर


विराटनगर । ५६ वर्षयताकै सबैभन्दा बढी मापन गरिएको सप्तकोसी नदीको बहाव क्रमिक रूपमा घट्न थालेको छ । अहिले साढे १२ बजेको मापन अनुसार बहाव पाँच लाख नौ हजार आठ सय ७० क्युसेकमा झरेको छ ।

आज बिहान साढे ११ बजे गरिएको मापन अनुसार कोसीको बहाव ५ लाख ८२ हजार क्युसेकमा झरेको थियो । आज बिहान ३ बजे ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक बहाव मापन भएको थियो ।

Advertisement

आज बिहान ७ बजे छ लाख ५५ हजार तीन सय ७० क्युसेक मापन भएको थियो । बिहान ९ बजे छ लाख २८ हजार एक सय ४५ क्युसेक बहाव मापन भएको थियो ।

यद्यपि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पुलमाथि बग्दै गरेको भेल भने रोकिएको छ । जोखिम कायमै भएकाले सवारी आवतजावत भने बन्द नै गरिएको छ ।

पुलमाथि जमेको फोहोर पन्छाउने काम भइरहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यो भन्दा अगाडि कोसीमा १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार दुई सय क्युसेक बहाव मापन भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!